
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले प्रहरी गीत ‘आधी र हुरी प्रचण्ड गर्मी’ ल्याएका छन ।
पाण्डेले प्रहरीका दैनिक जीवनसँग जोडिएका शब्दलाई संगितमा भरेर गीत मार्फत बजारमा ल्याएका हुन ।
राष्ट्र र जनताको सेवामा खटिएको प्रहरी संगठनलाई गीत मार्फत चिनाउन समेत आफूले शब्दलाई संगीतमा उनेको उनले बताए ।
पाण्डेका केही गीत भने यसअघि नै बजारमा आइसकेका छन । अत्यन्तै व्यस्त जीवन र संवेदनशील प्रहरी जागिरबाट समय निकालेर गित संगितको क्षेत्रमा समेत उनले आफूलाई उभ्याउँदै आएका छन ।
हाल महानगरीय प्रहरी बृत्त अनामनगरमा कार्यरत नेपाल प्रहरीका प्रहरी निरिक्षक पाण्डेले ल्याएको ‘आधी र हुरी प्रचण्ड गर्मी भन्दैन क्यै गरी, कतव्र्य प्रति निर्भिक र अटल नेपाल प्रहरी….’’ बोलको गीत शान्ति सुरक्षामा अहोरात्र खटिने कर्मठ प्रहरीको उत्कृष्ठ गीतका रुपमा स्थापित हुने दाबी गरे ।
पाण्डेको सो गीतमा नेपाल आइडलबाट चर्चा कमाउन सफल चर्चित गायक प्रताप दासले आवाज दिएका छन भने दाससँगै हवन लामाको स्वर छ । यस्तै संगित दिपक शर्माले भरेका छन भने एरेञ्ज प्रमोद परियारले गरेका छन ।
अडियो मार्फत बजारमा आएको गीतलाई समयानुकुल भिडियो समेत बजारमा ल्याउने गीतकार पाण्डेले बताए । यसअघि पाण्डेले दर्जन बढी गीत लेखिसकेका छन् ।
उनको ‘बिते कति रात’, ‘घुम्टो ओडी नबस है’, ‘आखाँ भरी आंशु लिई’, ‘‘प्यासको भोको म देखेनौ’, र ‘मलाई’ लगायत बजारमा ल्याइसकेका छन ।
उनको ‘धोका दियौ तिमीले माया गर्छु भनि…’ बोलको गित गीत समेत केही दिन भित्रै आउने तयारीमा छ । उनका केही गीतहरु म्यूजिक भिडियो सहित युट्युव मार्फत आएको छ ।
प्रतिक्रिया दिनुहोस्