
उतार चढावबीच बजार परिसूचक नेप्से १० अंक बढीले ओरालो लागेर १५ सय ९३ मा आएर थामियो । अन्य बाहेक कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च ९५ अंकले ओरालो लाग्यो ।
जलविद्युत समूहमा पनि ३० अंक र होटल समूहमा १५ अंकको गिरावट आयो । उत्पादनमूलक समूह पनि दोहोरो अंकले घट्दा अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीको साढें ९ लाख कित्ता शेयर ५६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्