
कतारले इजिप्टको मुस्लिम ब्रदरहुडलगायत आतंककारी समूहलाई समर्थन गरेको यी मुलुकको आरोप छ ।
साउदी सरकारी समाचार एजेन्सी (एसपीए)ले रियादले कतारसँगको सीमा बन्द गरेको जनाएको छ ।
सरकारी अधिकारीलाई उद्धृत गर्दै एसपीएले आतंककारी र अतिवादीको खतराबाट मुलुकको राष्ट्रिय सुरक्षालाई जोगाउन यस्तो कदम चालिएको जनाएको छ ।
इजिप्टको विदेश मन्त्रालयले कतारी यातायातका सबै हवाईमार्ग र बन्दरगाह बन्द गरिएको उल्लेख गरेको छ ।
संयुक्त अरब इमिरेट्सले दोहाले आतंकवाद, अतिवादी एवं पृथकतावादी संगठनलाई समर्थन, सहयोग गरेको आरोप लगाउँदै आफ्नो मुलुकमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र मुलुक छाड्न आदेश दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्