
स्थानीय संचारमाध्यमका अनुसार आइतबार राति सो दुर्घटना भएको हो । दिल्लीबाट गोन्डातर्फ गइरहेको यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसँग ठोक्किएको थियो ।
ट्रकसँग ठोक्किनासाथ बसको डिजेल ट्यांकी फुटेर आगो लागेको बताइएको छ ।
उत्तर प्रदेश सरकारले मृतकका परिवारजनलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी घाइतेहरुलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँ दिने घोषणा पनि राज्य सरकारले गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्