Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद


0
Shares

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको बरियारपट्टि गाउँपालिका–३ बाट रु सात लाख चार हजार मूल्य बराबरको जेन कम्पनीको ‘पी ६१’ मोडलका ४४० थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

बरामद भएको मोबाइल सेट आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरी सुनसरी पठाएको जनाएको छ । रासस