नवजात शिशु प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा फेला

बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइरहेको अवस्थामा फेलापारेको नवजात शिशुलाई जिल्ला अस्पतालमा जाँचका लागि लगिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले बेवारिसे शिशु कसको हो भनी खोजीकार्य जारी राखेको छ । रासस