Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सुनसरीमा नमुना मतदान


0
Shares

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका दुईओटा स्थानमा नमुना मतदान गरी सर्वसाधारणलाई आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिएर सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने तरिकासमेत सिकाइको थियो ।

मतदान गर्दा मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी आफूले रुचाएको उमेदवारलाई मत दिन स्वस्तिक छाप लगाउने र मतपत्र पट्याएर मतपेटिकामा भोट खसाल्ने विधिसमेत सिकाइएको थियो ।

Skip This