Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


करको विषयलाई निश्कर्षमा पुर्‍याएको एनसेलको दाबी


13
Shares

आइतबार ठूला करदाता कार्यालयमा कर भुक्तान गरेको कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो ।

एनसेलले ‘आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ एएसद्वारा गरिएको अप्रत्यक्ष बिक्रीसँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यलयको निर्देशनबमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३ अर्ब ६० करोड रुपैयाँ दाखिला गरी उक्त करको विषयलाई निष्कर्षमा पुर्‍याएको पुष्टि गरेको दाबी गरेको छ ।

‘एनसेल यस कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पुर्‍याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरी रहने प्रतिबद्धताको एक पाटो रहेको’ कम्पनीको भनाइ छ ।