१०० र ५०० दरका स्वेडिस क्रोनर जेठ २८ भित्र साटिसक्नु पर्ने

नेपाल राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली सर्वसाधारणसँग भएका त्यस्ता नोटहरु यही जेठ २८ गतेभित्र राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथली, काठमाडौंबाट सटही गरिसक्न आग्रह गरेको छ ।
साथै, त्यस उप्रान्त त्यस्ता नोटहरु राष्ट्र बैंकले सटही नगर्नेसमेत राष्ट्र बैंकले स्पस्ट पारेको छ ।