
दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान (ईएनटी विभाग) ले सुल्झाउने भएको छ ।
विभागले यसै वर्षदेखि परीक्षण र उपचार सुरु गर्ने भएपछि घुर्ने मानिस र उसको घुराइबाट दिक्क भएकाको समस्या समाधान हुने भएको हो ।
नाक, कान, घाँटीसम्बन्धी नसाका कारण राति घुर्ने समस्या बढ्दै गएको जनाउँदै विभागका प्रमुख प्राडा. राजेन्द्र प्रसाद गुरागाईंले चालू वर्षमा परीक्षण र उपचार कार्य सुरु गर्ने जानकारी दिए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्