आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने « Image Khabar


आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने


Imagekhabar
२३ जेष्ठ २०७४, मंगलवार ०७:२९

आज साँझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्म पुच्छ्रेतारा पृथ्वीवाट नजिक देखिने खगोलबिद्हरुले जनाएका छन् ।

यो तारा नेपालबाट पनि देख्न सकिने बताइएको छ । पृथ्वीको सबैभन्दा नजिक रहँंदा यो तारा १२ करोड १३ लाख ३९ हजार ७ सय ८६ किलोमिटरको दूरीमा रहने छ ।

पुच्छ्रेतारालाई हेर्न धुम्रकेतुको पृथ्वीसंग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

पुच्छ्रे्रतारा खगोलबिद् जेस जोन्सनले सन् २०१५ को नोभेम्बर ३ मा आकासीय ग्रह निरीक्षण अन्तर्गत पहिलोपटक धुम्रकेतु पत्ता लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्