२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाल–भारत सीमा सुरक्षामा उच्च सतर्कता


0
Shares

पूर्वी तराईका जिल्लाहरुमा निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि सुनसरीका सीमावर्ती क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

खुला सिमानाको मौकाछोपी अवैध हातहतियारको ओसारपसार गरी निर्वाचनविरोधी गतिविधि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी र सुरक्षा जाँच कडाइमा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले चौबिसै घन्टा प्रहरी खटाएर चनाखो हुन मातहतका प्रहरी इन्चार्जहरुलाई निर्देशन दिइएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ।

निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको उनले बताए ।