
अघिल्लो दिन सामान्यदरले उकालो लागेको सेयर बजारमा मंगलबार उच्च सुधार आयो । कारोबार पनि झन्डै अर्ब बराबर पुग्यो । बजार परिसूचक नेप्से ३४ अंकले उकालो लागेर १६ सय ३७ पुग्यो ।
उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे । बिमा समूहमा सबैभन्दा उच्च १ सय ७२ अंकको उच्च वृद्धि आयो । होटल समूह ६२ अंकले उकालो लाग्यो । वाणिज्य बैंक, विकास बैंक र जलविद्युत् समूह पनि ३५/३५ अंकले उकालो लागे ।
अन्य समूहमा पनि दोहोरो अंकको सुधार आउँदा वित्त समूह सामान्य अंकले सकारात्मक रह्यो । उत्पादनमूलक समूह भने १४ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको १५ लाख १६ हजार कित्ता सेयर ९२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्