३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


इरानको संसद भवनमा बन्दुकधारीद्वारा आक्रमण


0
Shares

                                                            फाइल तस्वीर

स्थानीय समाचार एजेन्सीहरुका अनुसार बुधबार बिहान संसद भवनमा बन्दुकधारी प्रवेश गरी त्यहाँ तैनाथ सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको हो ।

बन्दुकधारी कति संख्यामा छन् भन्ने प्रष्ट भइसकेको छैन । केही संचारमाध्यमले संसद भवनमा केहीलाई बन्धक बनाइएको जनाएका छन् । तर यसबारे विस्तृत विवरण आइसकेको छैन ।

हमलामा कसको संलग्नता छ र उसको उद्देश्य के हो भन्ने पनि प्रष्ट भइसकेको छैन ।

एक सांसदले मयसाम बिजार नाम गरेका स्थानीय पत्रकारलाई दिएको जानकारी अनुसार संसद भवनमा चार बन्दुकधारी छन् । उनले हमलामा आठ जना घाइते भएको पनि बताए ।

तर केही अघि संसद भवनभित्र एकजना हतियारधारी रहेको बताइएको थियो ।

इरानको समाचार एजेन्सी ‘आइआरआइबी’ ले एक सांसदलाई उद्धृत गर्दै जनाएअनुसार ‘एके–४७’ हतियारसहित हमलाकारी संसदमा प्रवेश गरेका हुन् । ती सांसदले तीन हतियारधारीलाई आफूले देखेको पनि बताएका छन् । (एजेन्सी)