१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


कृषियोग्य जमिनलाई प्लटिङ गरी सट्टेबाजी गर्नेलाई प्रोत्साहन गरिँदैन : अर्थमन्त्री


0
Shares

काठमाडौं, असार २० । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारीलाई सट्टेबाजको संज्ञा दिएका छन् ।

उनले सरकारलाई घरजग्गामा सट्टेबाजी सैह्य नहुने चेतावनी पनि दिए । 

अर्थमन्त्री खतिवडाले आर्थिक विधेयकमा व्यवस्था गरिएका कर सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा घरजग्गा कारोबारलाई निरुत्साहित गर्ने नीतिअनुसार पूँजीगत लाभकरको व्यवस्था गरिएको बताए ।

कृषियोग्य जमिनलाई प्लटिङ गरेर सट्टेबाजी गर्नेहरुलाई सरकारले कुनै हालतमा प्रोत्साहित नगर्ने बताउँदै उनले भने, ‘जग्गालाई वित्तीय उपकरण बनाएर कारोबार गर्नेहरुलाई निरुत्साहित गर्नकै लागि सरकारले ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।’ –कारोबार दैनिकबाट