 
	    गत वर्ष साउन आखिरी प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अर्को साउन देख्न नपाइ पदत्याग गरे । उनको ठाउँमा प्रधानमन्त्री बनेर आएका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । अर्थात् एक वर्ष पनि नबित्दै नेपाली जनताले दुईजना प्रधानमन्त्री देख्नुपरेको छ ।
प्रधानमन्त्रीजस्तो प्रमुख कार्यकारी पदमा छिनछिनमा व्यक्ति फेरिने प्रवृत्तिकै कारण विगत १० वर्षमा १० जना प्रधानमन्त्री फेरिइसकेका छन् ।
राजनीति गर्नेहरुका लागि त पालैपालो प्रधानमन्त्री बन्नु स्वाभाविकै होला तर देश र जनताका लागि भने यो दुर्भाग्यपूर्ण भएको ठान्दछन्, सर्वसाधारण ।
एउटा बजेट पनि कार्यान्वनयन गर्न नपाइ प्रधानमन्त्री फेरिने परिपाटीका कारण सर्वसाधारणले पीडा महसुस गर्ने गरेका छन् ।
यसअघि पनि पटक–पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाबाट पनि सर्वसाधारणले यसपटक पनि खासै अपेक्षा राखेको पाइँदैन । यद्यपि, आगामी माघभित्र सबै तहका निर्वाचन गरेर संविधान कार्यान्वनय गरिदिए देशले निकास पाउँथ्यो भन्ने सुझाव उनीहरुको रहेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्