बैतडीमा बेपत्ता युवक मृत भेटिए

मृत भेटिनेमा बैतडी दशरथचन्द नगरपालिका–७ सुरकालका २८ वर्षीय बलदेव बडु रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मिस्त्री काम गर्ने बडु काम गर्न भनी ६ दिनअघि घरबाट निस्केका बताइएको छ । आज स्थानीय महिला जानकी बडुले घाँस काट्ने क्रममा दशरथचन्द नगरपालिका–७ खल्लेक जंगलमा बडुको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन । रासस