यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विस्फोट « Image Khabar


यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विस्फोट


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार १८:४३

प्रहरीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गरी भनेको छ, ‘एक अपरिचित व्यक्तिले बिस्फोटक पदार्थ अमेरिकी कुटनैतिक नियोगको कार्यालय परिसरमा स्थानीय समयानुसार बुधबार मध्यरात (ग्रीनवीच समय अनुसार वुधबार ९ः०० बजे) फालेका र तत्कालै विस्फोट भएको थियो ।’

यूक्रेन सरकारले घटना आतंकवादी हमला भएको हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

गत मार्चमा पनि यूक्रेनको पश्चिमी शहर लुट्स्कमा पोलाण्डका बाणिज्यदूतमाथि अपरिचित आक्रमणकारीले गरेका हमलाबाट उनी सकुशल उम्किन सफल भएको थिए । रासस/ सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्