Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विस्फोट


0
Shares

प्रहरीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गरी भनेको छ, ‘एक अपरिचित व्यक्तिले बिस्फोटक पदार्थ अमेरिकी कुटनैतिक नियोगको कार्यालय परिसरमा स्थानीय समयानुसार बुधबार मध्यरात (ग्रीनवीच समय अनुसार वुधबार ९ः०० बजे) फालेका र तत्कालै विस्फोट भएको थियो ।’

यूक्रेन सरकारले घटना आतंकवादी हमला भएको हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

गत मार्चमा पनि यूक्रेनको पश्चिमी शहर लुट्स्कमा पोलाण्डका बाणिज्यदूतमाथि अपरिचित आक्रमणकारीले गरेका हमलाबाट उनी सकुशल उम्किन सफल भएको थिए । रासस/ सिन्ह्वा