
यसदिन बजार परिसूचक नेप्से करिब ८ अंक बराबरले ओरालो लागेर १६ सय १५ कायम भएर थामियो । कारोबार पनि खुम्चियो ।
कारोबार भएका सबै समूह ओरालो लागे । होटल समूह सबैभन्दा उच्च ४० अंकले र बीमा समूह पनि चालिसै अंकजसोले ओरालो लागे । उत्पादनमूलक समूह पनि दोहोरो अंकले घट्दा अरु समूह भने सामान्य अंकले घटे ।
यसदिन नेपाल एक्सचेन्जमा १ सय ४९ कम्पनीको ८ लाख बराबर कित्ता सेयर ४९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्