
एक सातादेखि आएको वर्षाका कारण बाजुरावासीलाई आवत–जावतमा कठिनाइ भएको छ ।
अबिरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका–३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका–३ युनावासीका १९ ओटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।
कुन्ना प्रहरीचौकीबाट तीन दिनको पैदलदूरीमा पर्ने सो स्थानको घटनाबारे तीन दिनपछिमात्र विवरण आएको हो ।
वर्षाका कारण शुक्रबारदेखि जिल्लामा सन्चालित लामो तथा छोटा दूरीका सवारी–साधन सन्चालन हुन सकेका छैनन् । रासस
प्रतिक्रिया दिनुहोस्