
काठमाडौंबाट दोलखा जाँदै गरेको ना१ज ४९३५ नम्बरको टाटासुमो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटको भालुखोला पुलबाट खस्दा सवारीचालक रामहरि दासको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार अरु सातजना यात्री घाइते भएका छन् । उनीहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
डाइभर्सन सडकका कारण लामो समयसम्म जाममा परेका सवारी खुलेपछि तीव्रगतिमा कुदाउँदा जिप दुर्घटना भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्