रोकिराखेको बसमा ‘अचानक’ लाग्यो आगो « Image Khabar


रोकिराखेको बसमा ‘अचानक’ लाग्यो आगो


Imagekhabar
२६ जेष्ठ २०७४, शुक्रबार १८:५२

रोकिराखेको ना४ख ६८०४ नम्बरको बसमा दिउँसो २ बजेतिर ‘अचानक’ आगो लागेको स्थानीयले बताएका छन् ।

एक महिनादेखि पोखरीछेउमा नै रोकेरराखेको बसमा भएको आगोलागीको कारण खुल्न सकेको छैन ।

वीरगन्ज–भैरहवा रुटमा चल्ने सो बस सोही स्थानमा पार्किङ गरिँदै आएको बसधनी सुमनमान श्रेष्ठले बताए ।

आगोलागीको कारणबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्