 
	    धनगढी, असार १९ । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलबार साँझ करेन्ट लागेर चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
घटनामा परी सोही ठाउँका २४ वर्षीय नारायण खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि डोटीको सिलगढीस्थित शैलेश्वरी अस्पतालमा पुर्याइएको छ ।
झन्डै ८ मिटर लामो बिजुलीको फलामे खम्बा उखेलेर अन्यन्त्र सार्नेक्रममा ११ हजार भोल्टको प्रसारणलाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्