
चलचित्र ‘लाउरे’को छायाँकन सुरुआत काठमाडौंस्थित सूर्यविनायक मन्दिरबाट गरिएको हो ।
मुख्य कलाकार बिक्रम सिंह थारु र जेनेट मेरीले चलचित्रको लागि पहिलो दृश्य छायाँकन गरेका हुन् ।
चलचित्र ‘छड्के’मार्फत निर्देशनमा हात हालेका निगमले यसअघि ‘लालपुर्जा’ चलचित्र निर्देशन गरिसकेका छन् ।
सुनिल रावल, ईश्वर श्रेष्ठ, शुभाश लामिछानेले संयुक्तरुपमा निर्माण गर्न लागेको लाउरे फिल्ममा जेसन कुँवरले संगीत, अस्ट महर्जनले द्वन्द निर्देशन र आलोक शुक्लाले छायाँकन गर्दैछन् ।
चलचित्रमा नरेन लिम्बू, सृष्टि श्रेष्ठ, मिरुना मगर, शैलेन्द्र मल्ललगायतको अभिनय रहनेछ ।
चलचित्रमा विदेशी कलाकार जेनेट मेरी ल्याटरसहित बिक्रम सिंह, मिरुना मगर र सैलेन्द्र मल्लको प्रमुख भूमिका रहने बताइएको छ ।
उक्त चलचित्रको छायाँकन काठमाडौं, पोखरा र दार्जिलिङमा गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्