२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मानव बेचबिखनविरुद्ध जनप्रतिनिधिलाई प्रशिक्षण


0
Shares

माइती नेपाल चितवनले भरतपुरको कविलासमा उनीहरुलाई प्रशिक्षण दिएको हो । स्थानीय क्षेत्रका हरेक समस्या समाधानमा उनीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वैदेशिक रोजगार, मानव बेचबिखन र बालअधिकारको विषयमा अभिमुखीकरण गरिएको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिए ।

मानव बेचबिखन र वैदेशिक रोजगारको बदलिँदो स्वरुप र मानव बेचबिखनविरुद्ध स्थानीय तहको काम कर्तव्य र अधिकारका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएको दवाडीले बताए ।

नवनिर्वाचित वडा अध्यक्ष मनबहादुर रानामगरले राज्यबाट प्रशिक्षण पाउनुभन्दा अघि नै मानव बेचबिखनविरुद्ध अभिमुखीकरण हुुन पाउनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै गाउँमा हुने अवाञ्छित क्रियाकलाप विरुद्ध आफू सक्रिय हुने बताए ।

उनले राजमार्ग जोडिएको यो क्षेत्रमा बालश्रमको प्रयोग भएको पाइएको भन्दै यसतर्फ पनि आफू सचेत रहेको उल्लेख गरे । नवनिर्वाचित महिला सदस्य भीमकुमारी थापाले बालश्रम र मानव बेचबिखन विरुद्ध गाउँमा एउटा समिति बन्नसके कार्यक्रम प्रभावकारी हुने विचार व्यक्त गरे ।

जनप्रतिनिधिलाई पहिलो पटक प्रशिक्षण दिइएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले बताइन् । (रासस)