वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Image Khabar


वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


Imagekhabar
२७ जेष्ठ २०७४, शनिबार १३:३२

जयन्ती मावि भकिम्लीमा गरिएको कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले विद्यालय उमेर समूहबाटै बचत गर्ने बानीको विकास गराउने कार्यलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले बचत नै भविष्यमा आर्थिक उन्नतिको आधार भएकाले विद्यार्थीको पाठ्यक्रममा समेत वित्तीय शिक्षालाई समावेश गर्न सुझाव दिइन् ।

कार्यक्रममा गरिमा विकास बैंकका लघुवित्त प्रमुख नविन प्याकुरेलले बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवा सुविधा, गरिमा विकास बैंकले ल्याएका कार्यक्रम, भावी योजनालगायतका विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्