२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दुई वर्षअघि पहिरोबाट विस्थापितले अझै राहत पाएनन्


0
Shares

२०७२ साल जेठ २७ गते राति भारी वर्षासँगै गएको पहिरोबाट तत्कालीन लिवाङ, खोक्लिङ, थिङ्लाबु, सान्थाक्रा र लिङ्तेप गाविसका ५९ जनाको ज्यान गएको थियो भने ७२ परिवार घरबारविहीन बनेका थिए ।

१ सय २ परिवार अझै पनि जोखिममा बस्न बाध्य छन् । सरकारले पहिरो पीडितलाई पटक–पटक राहत र पुनर्स्थापनाको आश्वासन दिए पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । पहिरो पीडितहरुले तत्काल राहत र पुनर्स्थापनाको माग गरेका छन् ।