बैंक तथा वित्तीय संस्थालाई ग्रामीण भेगमा पहुँच विस्तार गरौं : गर्भनर « Image Khabar


बैंक तथा वित्तीय संस्थालाई ग्रामीण भेगमा पहुँच विस्तार गरौं : गर्भनर


Imagekhabar
२८ जेष्ठ २०७४, आईतवार १९:५५

स्थानीय तहमा बजेट जानु, अझै पनि ६० प्रतिशत जनता बैंकिङ पहुँच भन्दा बाहिर रहनु यस्ता संस्थालाई अवसर हो भन्दै उनले उक्त आग्रह गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ८ अर्ब पूंजी पुर्‍याउने शिलसिलामा “ख”वर्गको इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी आइतबार देखि सुरु गरेको एकीकृत कारोबार सुरु गरेको उद्घाटन कार्यक्रममा गभर्नर नेपालले उक्त आग्रह गरेका हुन्  । रेमिट्यान्सको मात्र भर पर्दा विभिन्न समस्या आउन सक्छ ।

त्यसैले संम्भावना पनि यहीं छ र गर्नु पनि यही पर्छ भन्दै उनले यसका लागि बैंक तथा वित्तीय संस्थाको नवप्रवर्तनशील भूमीका हुने उल्लेख गरे ।

चालु बर्ष ठूलो बजेट आएकाले निजी क्षेत्र उत्साहित हुँदा बैंक तथा वित्तीय संस्थामा ऋण लगानीमा केही समस्या आएपनि अहिले सुधार हुँने क्रममा रहेको पनि उनले जानकारी गराए ।

आर्थिक परिदृश्यमा सुधार आएपनि हामीकहाँ सकारात्मक टिप्पणी गर्न कन्जुस्याई गर्ने र नकारात्मक टिप्पणी पछि मात्र लाग्ने प्रवृत्ति तर्फ पनि उनले गुनासो गरे ।

एकीकृत कारोबार पश्चात् बैंकको चुक्तापूंजी रु. ४ अर्ब ७१ करोड, निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब तथा ५३ वटा शाखाहरु पुगेको बैंकले जनाएको छ ।

निकट भविष्यमा नै बैंकले एकीकृत पूंजीमा ४० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने बैंकले जनाएको छ ।

यस पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्स संग आषाढ महिना भित्रै एकीकृत कारोबार गर्ने बैंकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्