
बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेजनजिक मोटरसाइकलमा आएका केही युवाले उनी सवार बा६च ५६१६ नम्बरको को गाडीमा आक्रमण गरेका थिए ।
‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडिको भाग र सिसाहरू फुटेको छ’–अध्यक्ष झाले रासससँग भने । उनले घटनाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्