१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल-भारत सीमा ४८ घण्टा बन्द गरिने, सिके राउत समूहमाथि निगरानी


0
Shares

महेन्द्रनगरमा आज भएको दुई देशका सुरक्षा अधिकारीहरुको वैठकले असार १२ गते बिहान ६ बजेदेखि १४ गते सांझ ५ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

सो अवधि र अघि पछि पनि संयुक्त गस्ती गर्ने, मोबाईल निगरानी बढाउने, चेक प्वाईन्ट स्थापना गरेर जाँच गर्ने सहमति समेत भएको छ ।

यता, नवलपरासी जिल्लामा सुरक्षा समितिले सुरक्षा सर्तकता बढाएको छ ।

राजपाको आन्दोलनमा सिके राउत र केही भूमिगत संगठनहरुले गडबड गर्नसक्ने आशंकामा सुरक्षा निगरानी बढाइएको हो ।

सात स्थानीय तह अन्तर्गत २ सय ४० मतदान केन्द्र र १ सय २० स्थल रहेकोमा कुल तीन लाख ६९ हजार ८ सय ९४ मतदाताहरु निर्वाचनमा सहभागी हुने छन् ।