
-युवराज रोइला/ईमेज
जसले गर्दा नेपालको अधिकांश भुभागहरु बाँझिएर जान थालेका छन् । गाउँमा बृद्ध बृद्धाहरुलाई मात्र देख्न र भेट्न सकिन्छ ।
तर पूर्वी पहाडी जिल्ला खोटाङका केही युवाहरु मिलेर कृषि व्यवसायलाई आत्मनिर्भर बनाउने अभियान थालेका छन् ।
रुपाकोट–मझुवागढी नपा वडा नं.–३ मा बाँझिएर रहेको २ सय ९८ रोपनी जग्गालाई लिजमा लिएर अजम्बरी बाख्रा फार्म स्थापना गरी कृषि क्षेत्रमा एक नौलो आयाम थप्न सफल भएका हुन् ।
बाँझिएर रहेका जग्गाहरुलाई सदुपयोग गर्न सके आफ्नै घर गाउँमा सुन फलाउन सकिने अजम्बरी बाख्रा फार्मका सञ्चालक सुबासचन्द्र आचार्य बताउँछन् ।
फार्मले हाल बाख्रा पालन सँगै गाई, भैसी, कुखुरा, मत्स्य पालन जस्ता मासु जन्य वस्तुहरुको व्यवसायिक रुपमा उत्पादन गर्न थालेको छ ।
फार्मले व्यवसायिक कृषि तथा व्यापार आयोजनाको चौथो कल अन्तर्गत बाख्रा पालन अनुदान कार्यक्रमको प्रथम सार्वजनीक सुनुवाई २०७३ माघ १८ गते सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्