२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुई महिना पछि दोलखामा परकम्प


0
Shares

साँझ ५ बजेर ३९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

झन्डै दुई महिना लामो अवधिपछि पुनःअर्को परकम्प गएको हो । यसअघि चैत १० गते सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.२ रिक्टर स्केलको परकम्प गएको थियो ।

केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा ७.६) भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४८२ परकम्प गएका छन् । रासस