१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पैदलयात्रुहरुको प्रश्न : खोइ जेब्राक्रस, बाटो कहाँबाट काट्ने ?(भिडियो हेर्नुहोस)


0
Shares

-मिरा बस्नेत/ईमेज

शुरुका दिनहरुमा धेरै पैदलयात्रु कारवाहीमा परेपनि अहिले भने यो क्रम घट्दो अवस्थामा छ ।

आवश्यक्ता अनुसार नै जेब्राक्रसिङ नभएको र जनचेतना नै नभई कारवाही थालेकोमा चर्को आलोचना गरेका पैदल यात्रुहरु अहिले सडक वारपार गर्नका लागि जेब्राक्रसिङकै प्रयोग गर्न थालेका छन् ।

जथाभाबी बाटो काट्ने प्रबृतिमा कमी आएपनि पैदलयात्रुहरु भने कहाँबाट सडक बारपार गर्ने भन्नेमा अझै अन्योलमा छन् ।

अभियान सुरु भएको २ साता बितिसक्दा पनि उनीहरु जेब्रक्रसिङको सुबिधा प्रयाप्त नभएको गुनासो गर्न छाडेका छैनन् ।

यद्यपी दुर्घटना न्युनीकरणका लागि थालिएको यो अभियान राम्रो भएको सर्वसाधरणको भनाई पनि रहेको छ ।

जेब्राक्रसिङ नभएका स्थानमा पनि ट्राफिक प्रहरीले कारवही गरेको आरोप खेप्दै आइरहेको बेला महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मीङ्मार लामा जेब्राक्रसिङ र आकाशे पुल भएको स्थानमा मात्रै कारवाही गर्दै आइरहेको दाबी गर्छन् ।

अहिलेको समयमा पैदल यात्रुलाई सडक वारपार गर्न जेब्राक्रसिङको प्रयोग गर्नु पर्छ भन्ने सिकाउनु पर्ने अवस्था देख्दा दुःख लागेको छ, प्रहरी निरिक्षक सिताराम हाछेथुलाई ।

मान्छेको चाप बढि हुने स्थानमा जेब्रक्रसिङको सुबिधा सकेसम्म कम दुरीमा हुनुपर्ने र मान्छेको आवत जावत कम हुने स्थानमा अलि लामो दुरीमा बनाउँदा समस्या नपर्ने हाछेथुको भनाइ रहेको छ ।

ललितपुरका सडकहरुमा भने कतै पनि जेब्राक्रसिङ नरहेकोमा अभियान सुरु भएपछि ३५ स्थानमा जेब्राक्रसिङ बनाईएको जानकारी पनि उनले दिए ।

जेब्रक्रसिङबाटै सडक वारपार गर्दा पनि पैदलयात्रुले लापरवाही गर्ने गरेको आरोप निरीक्षक हाछेथुको छ ।

जेब्राक्रसिङमा दुर्घटना हुनुमा चालकको मात्र गल्ती नभई पैदलयात्रुको लापरवाही पनि कारण हुने गरेको उनको दावी छ ।

ट्राफिक प्रहरीले राजधानीबाट सुरु गरेको यो अभियान बाहिरी जिल्लाहरुमा पनि लागू गरेमा राजधानीमा मात्र नभई बाहिरी जिल्लाहरुमा हुने दुर्घटनामा पनि कमी आउने थियो ।