९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


दार्जिलिङमा चर्कियो भाषा आन्दोलन, सरकारी कार्यालयका साइनबोर्ड नेपाली भाषामा


0
Shares

गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा सुरु भएको आन्दोलनका कारण सरकारी र निजी कार्यालयका साइनबोर्ड पनि नेपालीमा लेख्न सुरु गरिएको मोर्चाका सहसचिव विमान तामाङले जानकारी दिए ।

मोर्चा अध्यक्ष विमल गुरुङले पहाडदेखि तराई डुवर्ससम्मका साइनबोर्ड नेपालीमा लेखिने बताए ।

बंगाली भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपाली भाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन सुरु गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट