७ असार २०८२, शनिबार | Sat Jun 21 2025


बुटवलमा चुनावी तयारी तिब्र, मधेस केन्द्रीत दलहरु चुपचाप


0
Shares

जिल्लाका सबैजसो दलहरुले आफ्नो उम्मेदवारको टुंगो लगाएका छन् भने कतिपय दल तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेका छन् ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बुटवलमा पनि चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन कार्यालयले जिल्लामा सबै तयारी पूरा भईसकेको जनाएको छ भने उम्मेद्वारहरु घरदैलो अभियान जुटेका छन् ।

निर्वाचन अधिकृतहरुलाई तालिम, पुर्वाधार निर्माण, सुरक्षा ब्यवस्था, व्यवस्थापकीय र समन्वयलगायतका तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतम बताउँछन् ।

एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका सहित १६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लाबाट ८ सय ४५ जनप्रतिनिधि चुनिने छन ।

जिल्लाभरमा २ सय ८ मतदान स्थल र पांचसय ४३ मतदान केन्द्र तोकिएको छ ।

जिल्लामा ४ लाख भन्दा बढी मतदाता छन् । रुपन्देहीमा प्रमुख दल एमालेले सबै तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

काँग्रेस र माओवादी केन्द्रले भने अधिकांश तहमा तालमेलका लागी उपमेहरसहित केहि अन्य पदमा समेत खाली राखेर चुनावमा प्रसार प्रसारमा होमिएका छन् ।

केही मधेस केन्द्रीत दलहरुले भने अहिलेसम्म चुनावको तयारी नगरेका कारण जिल्लाका दक्षिणी क्षेत्रमा चुनावी रौनक बढ्न सकेको छैन ।

तर बुटवल नगरपालिका सहित जिल्लाका अधिकांश तहमा चुनावी माहोल समेत बढ्दै गएको छ ।

चुनावका लागि घरदैलो देखि जिल्ला बाहिरबाट मतदाता आउने क्रम समेत तिव्र बन्दै गएको छ ।