
केन्याको राजधानी नइरोबीमा रहेको साततले भवन जीर्ण भएका कारण भत्किएको हुनसक्ने आशंका गरिएको छ । भवन भत्कनेबित्तिकै थुप्रैले भागेर ज्यान जोगाएका थिए ।
भवन पूरै भत्किएकाले १५ जना भग्नावशेषमा च्यापिएको बताइएको छ । उद्धारकार्य जारी रहेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
केन्याको नइरोबीमा गत अप्रिलमा पनि एक भवन भत्कँदा ४९ जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्