१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


राष्ट्रपति भण्डारी स्वीट्जरल्यान्ड प्रस्थान


0
Shares

राष्ट्रपति भण्डारी आइएलओ को १०६औं सेसनअन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’मा सहभागी हुन मंगलबार जेनेभा प्रस्थान गरेकी हुन् ।

प्रस्थानअघि राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अर्नर’सहित २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपतिलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।

जेनेभा सम्मेलनमा प्रमुख वक्ताकोरुपमा रहने राष्ट्रपति भण्डारीले नेपालको संविधानले महिला हकहित र श्रममा हासिल गरेको उपलब्धिबारे बोल्ने कार्यक्रम रहेको बताइएको छ ।