१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एम्नेष्टी टर्कीका अध्यक्ष टानर क्लिकलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन


0
Shares

एम्नेष्टी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनमा विभिन्न अधिकारकर्मीहरुको सहभागिता थियो ।

उनीहरुले टर्कीमा गत वर्ष फेथुल्ला गुलेन समूहले गरेको असफल सत्ता विप्लवमा टानर पनि संलग्न रहेको आरोपमा टर्की सरकारले टानरलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका हुन् ।

प्रदर्शनकारीहरुले टानरको गिरफतारीले टर्कीमा असफल सत्ता विप्लवपछि कुन हदसम्म दमन चलिरहेको छ भन्ने पुष्टि गरेको पनि बताएका छन् ।