Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


राजपा नेपालको तारो संघीय समाजवादी फोरम


0
Shares

असार १४ को निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेको राजपाले ‘मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा चार दिने बन्द’ आह्वान गरेको छ । बन्दको पहिलो दिन तराई–मधेस क्षेत्र अशान्त देखिएको छ ।

आन्दोलनकारीले मङ्गलबार वीरगन्जस्थित फोरम नेपालको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

वीरगन्जको आदर्शनगर चोकमै रहेको फोरम नेपालको नगर समितिको कार्यालयमा १५/२० जनाको संख्यामा पुगेका राजपाका नेता÷कार्यकर्ताले दिउँसो तोडफोड गरेका हुन् ।

वीरगन्जको घण्टाघर चोकमा राजपाका नेतृहरुले मङ्गलबारै अपरान्ह फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाए । राजपा नेतृ रेखा साहले मधेसलाइ धोखा दिएर चुनावमा भाग लिएकाले उपेन्द्र यादवलार्इ मधेसको गद्दार ठहर गरी उनको पुत्ला जलाइएको बताइन् ।

यसअघि सोमबार पर्साको बहुदरामाई गाँउपालिका– ६ भौराटारमा पनि राजपाका नेता–कार्यकर्ताले मङगलबार भौराटारमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रमको तयारीका लागि गाडिएका बाँस उखेलेर फयाक्नुका साथै टायर बालेर फोरम नेपाल विरुद्ध नाराबाजी गरेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट