बंगलादेशमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो « Image Khabar


बंगलादेशमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार ०७:१५

मृत्यु हुनेमा पाँच सैनिक पनि रहेका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउन खटिएका सेनाको मृत्यु भएको बताइएको छ ।

बंगलादेशको दक्षिण पूर्र्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् ।

पहिरोका कारण सयौं घर डुबानमा परेका छन् । पहिरोका कारण सयौं सर्वसाधारण समस्यामा परेका छन् ।

पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ ।

भारी बर्षाका कारण उद्धार कार्यमा समेत कठिनाई भएको बताइएको छ ।

बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए ।

मौसमविदहरुले वर्षा अझै केही दिन लम्बिन सक्ने चेतावनी दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्