
उत्तर कोरियाले वार्मबियरलाई गएको वर्ष आफ्नो देश विरुद्ध प्रोपोगाण्डा बनाएको भन्दै होटलबाट पक्राउ गरेको थियो ।
उत्तर कोरियाले वार्मबियरलाई १५ वर्षसम्म कडा श्रम गर्नुपर्ने सजाय सुनाएको थियो ।
भर्जिनिया विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी वार्मबियर गएको वर्षको जनवरी २ मा उत्तर कोरिया भ्रमणमा रहेका बेला पक्राउ परेका थिए ।
तर वार्मबियर एक वर्षसम्म कोमामा रहेको उनका अभिभावकले बताएका छन् ।
अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले २२ वर्षका वार्मबियरलाई अमेरिका फर्काइएको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्