३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


लन्डनको २५ तले ग्रेनफेल टावरमा भीषण आगलागी


0
Shares

आगलागीका कारण सो टावरमा कयौं मानिसहरु फसिरहेकाले उद्धार कार्य जारी छ । लन्डनको लाटिमार रोडमा रहेको २५ तले सो टावर अपार्टमेन्टको रुपमा प्रयोग हुँदै आएको छ ।

२५ बीचको तलाबाट आगो फैलिएको र सो आगो सम्पूर्ण तलामा फैलिएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि सय भन्दा बढी अग्नीनियन्त्रकहरु खटिएका छन् भने २ सय भन्दा बढी दमकल परिचालन गरिएको छ ।

आगलागीले सो शहरको वरिपरीका घरसम्म धुँवा फैलिंदा सयौं मानिसलाई श्वास प्रस्वासमा समस्या भएको छ । आगलागीका कारणबारे केही खुलाईएको छैन । (एसेन्सी)