२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एसइइको नतिजा असारको पहिलो साता


0
Shares

गत चैतमा लिइएको कक्षा १० को माध्यामिक शिक्षा परीक्षाको नतिजा असार पहिलो साताभित्र आउने बोर्डका सदस्यसचिव डिल्लीराम रिमालले बुधबार हामीलाई जानकारी दिए ।

परीक्षामा देशभरबाट ५ लाख ३८ हजार १ सय ८२ जना विद्यार्थी सामेल भएका थिए । १९ सय २३ परीक्षा केन्द्रबाट परीक्षा सन्चालन गरिएको थियो ।

नयाँ शिक्षा ऐनले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा बनाएपछि एसएलसीको सट्टा एसइइ परीक्षा लिइएको हो भने एसएलसी बोर्ड पनि खारेज गरेर राष्ट्रिय परिक्षा बोर्ड गठन गरिएको थियो ।