२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रेलले किचिएर तीन नेपालीको मृत्यु


0
Shares

मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिए ।

प्राप्त जानकारीअनुसार मंगलबार राति ८ बजे तीनैजनालाई उनीहरु चढेको को१७प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले किचेको थियो ।

नम्बर ५५७४२ को सो रेलबाट जोगवनीबाट कटिहार जाँदै थियो ।

भारतको अररियास्थित अस्पतालमा परीक्षणपछि मृतकको शव परिवारलाई बुझाइएको छ । रासस