
वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र नेपाल हातेकागज संघले बुधबार राजधानीमा गरेको गोष्ठीका अवसरमा उक्त जोड दिइएको हो ।
केन्द्रकी वरिष्ठ अधिकृत शुभलक्ष्मी श्रेष्ठले कार्यपत्र प्रस्तुत् गर्दै नेपाल गोबर ग्यास, जलविद्युत्, सौर्यऊर्जा, जैविक इन्धन र वायुऊर्जातर्फ लागेर ऊर्जाको समस्या कम गर्न लाग्नुपर्नेमा जोड दिइन् ।
नेपाल हातेकागज संघका मोहन मानन्धरले उद्यागहरुले सुधारिएको चुल्हो प्रयोग गर्दा ऊर्जाको बढ्दो मागको समस्यालाई केही हदसम्म समाधान गर्न सघाऊ पुग्ने उल्लेख गरे ।
यस प्रकारको चुल्होले ५० प्रतिशत काठ जोगिने तथा एक तिहाइ कम समयमा खाना पाक्ने उनको दाबी छ ।
निम्न आय तथा विपन्न समाजका उद्योगीलाई चुल्हो निर्माणका लागि सरकारले अनुदानसमेत दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्