२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बेनीबजार नजिकैको लभ्लीहिललाई पर्यटकीय गन्तव्य बनाइने


0
Shares

लभ्लीहिलमा पर्यटन विकास बोर्ड पोखराको ५ लाख रुपैयाँ सहयोग र १ लाख ५० हजार रुपैयाँ बराबरको जनश्रमदानबाट ४२ मिटरको रेलिङ र विश्राम स्थलका लागि गोलघर निर्माण सुरु गरिएको छ ।

सदरमुकाम बेनीबाट विश्राम र घुम्न जाने सुन्दर र आकर्षक गन्तब्य भए पनि पूर्वाधार र सुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिएको लभ्लीहिल क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारमा सरकारी निकायले सहयोग गरेपछि स्थानीय उत्साहित भएका छन् ।

पूर्वाधार विस्तारले तिब्रता पाउने र यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने लभ्लीहिल डाँडा पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष धुब्रराज कार्कीले बताए ।  

बेनीबाट आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ ।