उत्तर कोरियाको ट्राफिक प्रहरीमा सुन्दर युवतीलाई प्राथमिकता, यस्ता छन् शर्त (फोटोफिचर) « Image Khabar


उत्तर कोरियाको ट्राफिक प्रहरीमा सुन्दर युवतीलाई प्राथमिकता, यस्ता छन् शर्त (फोटोफिचर)


Imagekhabar
१ असार २०७४, बिहीबार १२:५६

उत्तर कोरियाको सडकमा ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा युवती खटिएका पाइन्छन् ।

समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाको ट्राफिक प्रहरीमा सुन्दर युवतीलाई मात्र छनौट गरिन्छ । यतिमात्र होइन, उनीहरुलाई जागिर अवधिभित्र विवाह गर्न रोक लगाइएको हुन्छ ।

कसैले जागिरका क्रममा विवाह गरेको पाइएमा उसलाई बर्खास्त गरिन्छ । यति हुँदा पनि २६ वर्षको उमेर पार भएपछि त्यस्ता युवतीलाई अनिवार्य अवकाश दिइन्छ ।

सामान्यतया उत्तर कोरियामा २६/२७ वर्षको उमेरमा विवाह गर्ने चलन भएकाले नै युवतीहरुका लागि ट्राफिक प्रहरीमा उमेरको हदबन्दी लगाएको अधिकारीहरुको भनाइ छ ।

उनीहरुका अनुसार विवाहपछि घर–परिवारप्रतिको दायित्वका कारण उनीहरुले समय दिन नसक्ने र एकल रहँदा काममा बढी जिम्मेवारीवोध हुने भएकाले नै विवाहपछि ट्राफिक सेवामा नराख्ने गरिएको हो । तर पुरुषको हकमा भने यस्तो नियम छैन ।

ट्राफिक प्रहरीमा सुन्दर युवती छनोट गर्नुको कारण भने पर्यटकहरुलाई आकर्षित गर्नु एकमात्र उद्देश्य रहेको अधिकारीहरुको भनाइ छ ।

हरेक महिना महिला ट्राफिक प्रहरीबाट ‘ट्राफिक वुमन अफ दि मन्थ’ छनोट गरिन्छ । उनीहरुको तस्वीर हुलाक टिकट लगायतमा समेत प्रयोग गरिन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्