
अमेरिकी रक्षामन्त्री जिम म्याटिस र उनका कतारी समकक्षीबीच बुधबार वासिङटनमा विमान खरिद गर्ने वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सम्झौतालाई कतारी अधिकारीहरुले अमेरिका आफूहरुको साथ रहेको र यसमा आफूहरुलाई कुनै शंका नरहेको बताएका छन् ।
एक साताअघिमात्र अमेरिकाले कतारको छिमेकी साउदी अरबसँग सय बिलियन डलरको हतियार बिक्री गर्ने सम्झौता गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले उच्च तहबाट आतंकवादलाई सहयोग गरेको आरोप लगाएको दोस्रो दिन नै कतारले अमेरिकी युद्धक विमान खरिद गर्न सम्झौता गरेको हो ।
कतारले आतंकवादलाई सहयोग गरेर क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाउँदै साउदी अरबसहित ९ ओटा मुलुकले दोहासँगको कूटनीतिक सम्बन्ध तोडेका छन् ।
मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्यवेस कतारमा छ । उक्त वेसमा अमेरिकाका १० हजार सेना छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्