चीनको विद्यालयमा आक्रमण ७ जनाको मृत्यु, ६६ घाइते « Image Khabar


चीनको विद्यालयमा आक्रमण ७ जनाको मृत्यु, ६६ घाइते


Imagekhabar
१ असार २०७४, बिहीबार २०:२१

जियांसु प्रान्तका फेंसियन प्रदेशको प्रशासनले बिस्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समयअनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ ।

चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको घटनास्थलमा र अन्य पाँच जनाका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार घाइतेमध्ये साँझ ७ः४५ बजेसम्म नौ जनाको अवस्था गम्भीर रहेको छ ।

घटनामा कतिजना बालबालिका परेका थिए भन्ने बिषयमा केही खुल्न सकेको छैन । रासस / सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्